जसपामा ठाकुर पक्षले चुन्यो महतोलाई संसदीय दलको नेता

जनकपुरधाम । जसपाको ठाकुर–महतो पक्षले पार्टीको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन गरेको छ ।

विपक्षी पार्टीहरुको गठबन्धनमा सरकार बनाउने वा तटस्थ रहने भन्नेमा पार्टीमा विवाद चर्किएका बेला बहुमत सदस्यले महतोलाई संसदीय दलको नेता बनाएको हो । यो समूह काठमाडौंमा  गठबन्धन सरकार गठनको रस्साकस्सी चलिरहेका बेला विहिबार भक्तपुरको रिसोर्टमा पुगेको थियो । त्यसअघि नै बबरमहलस्थित पार्टी कार्यालयमा महतोलाई संसदीय दलको नेता चयन गरिएको एक नेताले बताए ।

यो समूहसँग १९ सांसद रहेको दाबी गरिएको छ । महतोलाई नेता चयन गर्ने बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने सहभागी थिएन् । संसदीय दलको यो निर्णय आइतबार संसद सचिवालयमा दर्ता गरिने ती नेताले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस