निषेधाज्ञा: थप कडाइ गर्न सुनसरीमा सेना परिचालन

जनकपुरधाम । सुनसरीमा कोरोना संक्रमितको संख्या अत्याधिक पुगेपश्चात स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण निषेधाज्ञा घोषणा गरेको छ। यस अगाडि लकडाउनमा सर्वसाधारणले खासै चासो नराखेपश्चात सुनसरीमा शनिवारदेखि नेपाली सेना परिचालन गरिएको छ।

सुनसरीमा लकडाउन कडा बनाउन शनिबारदेखि नेपाली सेना परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेलले जानकारी दिए। सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सेना परिचालन गरिएको उनले बताए।

लकडाउन नियन्त्रणमा जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाकर्मीहरुको संख्या कम देखिएकाले आवश्यकता अनुसार तीनवटा स्थानीय तहमा सेना परिचालन गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी पोख्रेलको भनाई छ। लकडाउन नियन्त्रण गर्न परिचालन गरिएका सेनाका जवानहरुले रचनात्मक तरिकाले लकडाउन नियन्त्रणको काम गर्ने पनि पोख्रेलले बताए।

सेनाले धरान, इटहरी र इनरुवामा मूख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमासमेत नियमित गस्ती गर्ने बताइएको छ। यस अगाडि बैशाख ३१ गतेसम्म गरिएको लकडाउनमा सुनसरीका धरान, इटहरी र इनरुवाका बासिन्दाले लककडाउनलाई पूर्ण पालना नगरेपश्चात जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सेना परिचालन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए। जेठ १५ सम्म गरिएको पूर्ण लकडाउनमा मेडिकल, एम्बुलेन्स र अतिआवश्यकबाहेकका सबै सेवा बन्द गर्ने गरिएको छ।

पूर्ण लकडाउनको समयमा जो कसैबाट उलघंन गरिए संक्रमण ऐन अनुसार पक्राउ गरी कार्वाहि गर्न प्रहरीलाई निर्देशनसमेत दिएको पोख्रेलले बताए। उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाले स्थानीय प्रशासनको आग्रहलाई मध्यनजर गर्दै पूर्ण लकडाउनको समयमा सुनसरीका सबै बजार, पसल, उद्योग, कलकारखाना सबै बन्द गरिएको बताए।

Author:



क्याटोगरी छान्‍नुहोस