प्रदेश १ : सोमबार थप ८ जना कोरोना संक्रमितको मृत्यु

बिराटनगर । प्रदेश १ मा सोमबार कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नोबेल शिक्षण अस्पतालमा पाँच, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई र कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा एक गरी थप आठ जनाको मृत्यु भएको हो ।

विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड-१९ उपचार केन्द्रमा विराटनगर-१८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

त्यस्तै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सिरहाका ६५ वर्षीय पुरुष, सप्तरीको कञ्चनपुरका ४५ वर्षीय पुरुष, विराटनगर-४ का ४५ वर्षीय पुरुष, सुनसरीको इनरुवा नगरपालिका-१ का ६२ वर्षीय पुरुष र उदयपुर कटारीका ७४ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसैगरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सप्तरीको सुरुङ्गा-१ की ७० वर्षीया महिला र उदयपुरको त्रियुगा-३ की ५० वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस