पछिल्लो २४ घण्टामा ५७६७ जनामा संक्रमित निको भए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६७ जना व्यक्ति निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित निको भएका छन्।

आज देशभरका प्रयोगशालामा २१ हजार ६५३ जनाको पीसीआर र ४३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा नौ हजार २४७ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआरबाट नौ हजार १९८ र एन्टीजेन विधिबाट ४९ संक्रमित पुष्टि भएका छन्।

२४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म पाँच हजार २१५ जनाको मृत्यु भएको छ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ। ७०८ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

Author:



क्याटोगरी छान्‍नुहोस