प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ९ हजार नाघ्यो

जनकपुरधाम । प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। पछिल्लो पटक सोमबार मात्रै ६०२ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९ हजार नाघेको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवका अनुसार प्रदेश २ मा प्रदेशमा सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ७० पुगेका छन् ।

निर्देशनालयले उपलव्ध गराएको तथ्याङ्कअनुसार सप्तरीमा ८३४,  सिरहामा ३८२, धनुषामा १ हजार ८९७ , महोत्तरीमा एक हजार १८२ , सर्लाहीमा एक सय २६ , रौतहटमा ५ सय ८७ , बारामा ९ सय १९ , पर्सामा २ हजार ५ सय ५६ सक्रिय सङ्क्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस