सप्तरीमा आज चार जना कोरोना संक्रमितको मृत्यु

राजविराज, ४ जेठ । सप्तरीका चार जना कोरोना संक्रमितको आज (मंगलबार) मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञाज्ञ प्रतिष्ठानमा दुई जना, राजविराजस्थित छिन्नमस्ता अस्पताल र विराटनगरस्थित विराट शिक्षण अस्पतालमा १–१ जनाको मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बलान विहुल–६ का ४७ वर्षिय पुरुष र सुरुङ्गा नगरपालिका–१ का ७० वर्षिया महिलाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले बताए ।

यसैगरी कञ्चनरुप नगरपालिका–१ का ४८ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पछिल्लो चार दिनदेखि उपचाररत रहेका उनको बिहान करिब ६ वजेको समयमा मृत्यु भएको छिन्नमस्ता अस्पतालका कोभिड सम्पर्क व्यक्ति दिपेन्द्र यादवले बताए ।

यसअघि विहान सवा ४ बजेतिर पनि कञ्चनरुप नगरपालिकाकी एक जना ४० वर्षिया जनप्रतिनिधिको विराट शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780