जसपा अध्यक्ष यादव र ठाकुरको संयुक्त विज्ञप्ति–‘तत्काल सरकारमा नजाने’

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले मंगलवार संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् । तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ ।’

समायोजन हुन नसकेका पार्टी संगठन, भातृ संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समाधान गर्नु पर्दछ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

पार्टीभित्र गुटबन्दी गर्ने, गुट–उपगुट खडा गर्ने र पार्टी नेताहरूका विरुद्ध भ्रम फैलाउने काम पनि बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ । ‘पाटीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्ध गर्नकालागि गुटबन्दी गर्ने, गुट–उपगुट खडा गर्ने, पार्टी नेताहरुका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन विभाजनकारी भुमिका खेल्ने खोज्ने क्रियाकपाल, विचार प्रकृतिहरुलाई अन्त्य गरी पार्टीलर्य एकतावद्ध राख्नु पर्दछ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780