प्रदेश २ : सात र नाै वर्षिय दाजुभाइकाे घाँटी रेटेर हत्या

जनकपुरधाम । बारामा एकै परिवारका दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाई हुन् ।

स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुबैजनाको शव फेला परेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार हिजो बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए । तर अ‍ेबर रातिसम्म उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बालक बेपत्ता भएको बारे प्रहरीलाई खबर गरिएको थियो ।

डीएसपी मिश्रसाहित प्रहरी टोलि घटना स्थलमा पुगेको छ । घटनामा संलग्न केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान समेत भइरहेको उनले जनाए ।

यद्दपी नियन्त्रणमा लिइएको व्यक्तिबारे उनले खुलाउन चाहेनन् ।

Author:



क्याटोगरी छान्‍नुहोस