जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको नामबाट संघीय संसदमा पठाइएको पत्रप्रति आपत्ति जनाएका छन् । मंगलबार जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले जसपाले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन गरेको जानकारी संसद सचिवालयलाई सुटुक्क जानकारी गराएको थियो ।
उक्त पत्रपछि एक विज्ञाप्ति जारी गर्दै अध्यक्ष यादवले आपत्ति जनाएका हुन् । संसदीय दलको बैठक नबसिकन संसदीय दलको नेता भए भनेर पत्र पठाउनु अंसवैधानिक भएको विज्ञप्तिमा उल्लेख छ ।