कोरोनाको दोस्रो लहरः सप्तरीमा १०५५ संक्रमित, यति जना निको भए

राजविराज, ४ जेठ । सप्तरीमा कोरोना भाइरसको दोस्रो लहरमा ४५ जना संक्रमित निको भएका छन् । गत बैशाख ३ गतेदेखि आजसम्म आरटी पिसिआरबाट १ हजार ६६५ जना र एन्टिजेन विधिबाट ३७२ जना गरी कुल २ हजार ३७ जनाको परिक्षण गरिएको छ ।

परिक्षण गरिएकामध्ये आरटी पिसिआरबाट ९३१ र एन्टिजेन परिक्षणबाट १२४ जना गरी कुल १ हजार ५५ जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । जसमध्ये अहिलेसम्म ४५ जना निको भएका छन् भने ९७१ जना सक्रिय संक्रमित छन् ।

दोस्रो लहरमा आजसम्म ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको निमित्त प्रमुख यादवले बताए । यसअघि पहिलो लहरमा कुल २१ हजार २४८ जनाको परिक्षण हुँदा १ हजार ८३३ जना संक्रमित भएका थिए । संक्रमितमध्ये ४१ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस