सप्तरीमा कुटपिटबाट घाइते यादवको मृत्यु, चार आरोपी पक्राउ

राजविराज, १० जेठ । सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरमा कुटपिटबाट गम्भीर घाइते भएका एक व्यक्तिको आज मृत्यु भएको छ । उपचारको लागि रायपुरकै ५२ वर्षीय रामदल यादवको विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो ।

सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । गत बुधवार साँझ भएको आपसमा झगडामा गाउँकै केही युवाहरुले यादवमाथि धारिलो हतियार प्रहार गरेर घाइते भएका थिए ।

घटनाको अनुसन्धानकै क्रममा सोही गाउँका बिनय यादव, मुकेश यादब, मुकेश पासवान र मनोज यादबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल मृतक यादवको शव ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस