राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस्ः डा.भट्टराई

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवासमा बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार र हल्ला लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन् ।

उनले आज ट्वीट गर्दै यस्तो बताएका हुन् । ‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,’ उनले लेखेका छन् ‘त्यो नियम र नजीर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान÷लोकतन्त्र मास्ने खेल पूरा नहोस् !’

Author:



क्याटोगरी छान्‍नुहोस