के थियो भीम रावलले १४ घण्टापछि हटाएको ट्‍वीटमा ?

जनकपुरधाम । नेकपा एमालेका नेता भीम रावलले अन्तत ट्‍वीट हटाएका छन् । वीरगञ्‍जमा नागरिकता लिनेको भीड भन्‍दै गरेको सोमबार गरेको ट्‍वीट रावलले हटाएका हुन् ।

सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा नरहेको भन्‍दै उनले ट्‍वीट गरेको बताएका छन् । उनले पूरानो समाचार भन्‍दै ध्यानाकर्षण गराएकोमा धन्‍वाद दिएका छन् ।

‘मैले वीरगञ्‍जमा नागरिकता लिनेको भीड देखियो भन्‍ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रष्ट पारे भइहाल्यो’ रावलले ट्‍वीटमार्फत जानकारी गराएका छन् ‘तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिदै मेरो त्यो ट्‍वीट हटाउने जानकारी गराउँछु ।’

यस्तो थियो रावलले हटाएको ट्‍वीट
सरकारले नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ ल्याएपछि रावलले वीरगञ्‍जमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको संख्या रहेको समाचार आयो भन्‍दै सोमबार ट्‍वीट गरेका थिए । उनले नेपाली जनतालाई जवाफ चाहिएको ट्‍वीटमा उल्लेख गरेका छन् ।

‘वीरगञ्‍जमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको संख्या रहेको समाचार आयो’ रावलले ट्‍वीट गरेका थिए ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्‍द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो कि ? नेपाली जनतालाई जवाफ चाहियो । सम्‍पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौँ !’

Author:



क्याटोगरी छान्‍नुहोस