कोरोना निकाे हुनेको संख्या बढ्दाे, २४ घण्टामा ७ हजारभन्दा बढी निकाे भए

जनकपुरधाम । पछिल्लो समय नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २० हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ हजार ७३१ जना नयाँ संक्रमित फेला परेका छन् ।

सोही अवधिमा ७ हजार २२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। अन्य दिनको तुलनामा आज मृतकको संख्या पनि घटेको छ। २४ घण्टाको अवधिमा १०६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि मङ्गलवार १६९ जनाको ज्यान गएको थियो भने ८ हजार ६ सय ३६ जना सङ्क्रमित भएका थिए। मङ्गलवार २२ हजार ९ सय ३६ जनाको स्वाब परीक्षण भएको थियो । सो दिन ६ हजार ४०४ जना सङ्क्रमण मुक्त भएका थिए।

नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ। यसैगरी ६ हजार ९५१ मृत्यु भएको छ भने ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस