सडक दुर्घटनामा परेर २ जनाको मृत्यु

विराटनगर । सुनसरी र इलाममा आज विहान भएको सडक दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । सुनसरीमा बराहक्षेत्र नगरपालिका–१० दाजुभाई चौक स्थित दुर्घटनामा भएको हो । दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरका सह–चालक खोटाङको साकेला गाउँपालिका–१ डाँडागाँउका २२ बर्षीय विष्णु कुमार बस्नेतको मृत्यु भएको छ ।

बस्नेतको अचानक लडेर पछाडी डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । यसैगरी झापामा इलाम नगरपालिका–११ आले चोकस्थित भित्रि सडकखण्डमा दुर्घटना भएको हो । बिर्तामोडबाट जितपुरतर्फ जाँदै गरेको ना२ ख ९२०५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका पैदलयात्री ८२ बर्षीय पदम बहादुर तामाङको मृत्यु भएको छ ।

ठक्करले दुर्घटनास्थलमै तामाङको मृत्यु भएको प्रहरी चौकी चिसापानी ईलामले जनाएको छ । ट्रक र चालक पाँचथरको हिलिहाङ–७ का २३ बर्षीय चन्द्र बहादुर तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस