बिहारमा हट्यो लकडाउन, रात्रिकालीन कर्फ्यू भने जारी रहने

पटना । भारतको बिहार प्रदेशमा कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउन हटाइएको छ ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले ट्वीट गरेर राज्यमा लागू गरिएको लकडाउन हटाइएको जानकारी दिएका हुन् । यद्यपि, साँझ सात बजेबाट बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यू भने जारी रहने छ ।

मुख्यमन्त्रीले लकडाउन लगाउँदा राज्यमा कोरोना भाइरसको संक्रमणबाट बच्न सघाउ पुगेको बताउँदै अहिले पनि भिडभाडबाट बच्न आवश्यक रहेको बताएका छन् ।

उनले सरकारी तथा निजी कार्यालय ५० प्रतिशतको उस्थितिमा साँझ ४ बजेसम्म र पसलहरू साँझ ५ बजेसम्म खोल्न सकिने बताएका छन् ।

अनलाइनमाध्यम भइरहेको पढाइलाई जारी नै राखिएको छ भने निजी सावरी साधन संचालन खुल्ला गरिएको छ । यो सबै व्यवस्था एक हप्ताका लागि गरिएको मुख्यमन्त्रीले बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस