सप्तरीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

राजविराज, २९ जेठ । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालीका वडा नम्वर १ कोशी नदीको पश्चिम तर्फ क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले राजविराज नगरपालिका वडा नम्वर ६ का २४ वर्षिय कृष्ण कुमार साह र वडा नम्वर १६ का २४ वर्षिय पंकज देव लाई पक्राउ गरेको हो ।

कोशी नदीको पश्चिम तर्फ आईरहेको स १० प ५१०२ नम्वरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दै मोटरसाईकलमा पछाडी सवार रहेका पंकज देवको साथबाट लागु औषध खैरो हेरोईन जस्तो देखिने खैरो चिज ९ पदार्थ  १२ ग्राम बरामद गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।

सप्तरीमा पहिलो पटक ब्राउन सुगरसहित दुई जना पक्राउ

 

Author:

क्याटोगरी छान्‍नुहोस