प्रदेश सरकारलाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग

जनकपुरधाम । युएनडिपीले आज प्रदेश २ सरकारलाई ६० थान अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ । युएनडिपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले सो कन्सेन्ट्रेटर मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई हस्तान्तरण गरेका छन् ।

कन्सेन्ट्रेटर बुझ्दै मुख्यमन्त्री राउतले कोरोना विरुद्धको लडाईमा लड्न युएनडिपीले प्रदेश सरकारलाई गरेको सहयोग प्रति धन्यवाद दिए । उनका अनुसार सो कन्सेन्ट्रेटर आजै प्रदेशका विभिन्न अस्पतामा पुर्याउने तयारी भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस