सिरहामा कटुवा पेस्तोल र गोलीसहित सिंह पक्राउ

लहान । सिराहाको सुखीपुर नगरपालिका–७ बलहीबाट आइतवार एक जनालाई कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोलीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षीय गणेशकुमार सिंह छन् ।

गोप्य सूचनाको आधारमा महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले सिंहको घरमा खानतलासी गर्दा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको प्रहरी नायब उपरिक्षक सालीग्राम शर्मा पौडेलले बताए ।

अवैध हतियार कुन प्रयोगले सिंहले राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस