पर्सामा असार छ गतेसम्म निषेधाज्ञा थप (आदेशसहित)

जनकपुरधाम । पर्सामा जारी रहेको निषेधाज्ञा असार ६ गतेसम्म थप गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज सूचना जारी केही परिमार्जनसहित थप गरिएको निषेधाज्ञाबारे जानकारी गराएको हो ।

प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय बाहेक अन्य सबै पसल व्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्य वस्तुका पसलहरू, कृषि भेटेनरी सम्बन्ध पसलहरू, निर्माण सामग्रीका पसलहरू, वर्कसप १२ बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न पाइने जनाइएको छ ।

सो समयको अतिरिक्त तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ लगायतका खाद्य वस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा नपर्ने सूचनामा छ । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि गत वैशाख १६ गतेबाट पर्सामा निषेधाज्ञा जारी छ ।

प्रजिअबाट जारी गरिएको आदेशः

विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि यस पूर्व मिति २०७८/०२/३० गते राती १२ः०० बजेसम्म लागु हुने गरी जारी गरिएको आदेशलाई केही परिमार्जन सहित निरन्तरता दिने भनी जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको मिति २०७८/०२/३० गतेको निर्णय समेतका आधारमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भर यही मिति २०७८/०२/३० गते राती १२ः०० बजे देखि मिति २०७८/०३/०६ गते राती १२ः०० बजेसम्म लागु हुने गरी देहाय बमोजिमको निषेध आदेश लाई निरन्तरता दिइएको छ । यो आदेशको पालना गर्नु÷गराउनु सम्बद्ध सबैको कर्तब्य हुनेछ । कोही कसैले यो आदेशको बर्खिलाप हुने गरी काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।

-औषधी उपचार एवं यस आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कने र हिँडडुल नगर्ने । घरबाट बाहिर निस्कनै पर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने ।

-सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) लगायतका शैक्षिक संस्थाहरु, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन ।

-मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाईने छैन ।

-मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध÷नामाकरण जस्ता सामाजिक कार्यमा बढीमा २ (दुई) वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर प्रयोग गरी प्रयोग गर्न सकिने छ ।

-बिकास निर्माणका कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न/गराउन सकिने छ । आयोजना/कार्यालय प्रमुखको सिफारिसमा विकास निर्माण कार्यसँग सम्बन्धित कर्मचारी र जनशक्तिले प्रयोग गर्ने सवारी साधनको आवत जावतमा जिल्ला प्रहरी कार्यालयले सहजीकरण गर्ने । निर्माण सामाग्रीको ढुवानी बेलुका ८ः०० बजे देखी विहान ८ः०० बजेसम्म गर्ने ।

-खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्य वस्तुका पसलहरु, कृषि र भेटनरी सम्बद्ध (बीउबीजन लगायतका) पसलहरु, निर्माण सामाग्रीका पसलहरु, वर्कसप, विहान १२ः०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी/गराई खोल्न पाईने छ । तर सो समयको अतिरिक्त तरकारी, फलफूल, पानी, दुघ तथा दुधजन्य पदार्थ लगायतका खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा पर्नेछैन ।

-विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १५ जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ । होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न/गराउन नपाइने ।

-अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी, सार्वजनिक एवं नीजि सेवा प्रवाह हाललाई स्थगन गर्ने ।

-अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने ।

-बैंक तथा वित्तीय संस्थाहरुले ब्त्ः लगायतका विद्युत्तीय कारोबारमा जोड दिने । कार्यालयका कूल कर्मचारीको एक चौथाई कर्मचारी मात्र उपस्थित भई सेवा प्रदान गर्ने ।

-उद्योग, कलकारखानाहरुले कर्मचारी एवं श्रमिकहरुलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी एवं स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उद्योग सञ्चालन गर्न सक्ने ।

-कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामाग्री (मास्क, स्यानीटाईजर, साबुन, पञ्जा, अक्सिजन उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पालना गरी सञ्चालन गर्न सकिने ।

-बीरगंज (ईनर्वा) नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

-यस जिल्लाको बीरगंज सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्याइ स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने ।

Author:



क्याटोगरी छान्‍नुहोस