कछुवासहित ४ जना समातिए

विराटनगर । मोरङमा कछुवासहित चार जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रङ्गेलीले गए राति पथरीशनिश्चरे नगरपालिका–१ का ४३ वर्षीय जीवन गुरुङ, सुनवर्षी नगरपालिका–१ केचना शुक्रबारेका २५ वर्षीय दीपक भन्ने मेघराज थापा, सोही ठाउँका २१ वर्षीय निरज खड्का र २० वर्षीय आकाश रायमाझीलाई पक्राउ गरेको हो ।

सुनवर्षी नगरपालिका–८ सिक्टीविश्वकर्मा–कुँडेली सडकखण्डमा मे१०प ५६२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा गुरुङ र पछाडि सवार रहेका थापाको साथबाट करिब ८ किलो तौलको कछुवा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

अनुसन्धानको क्रममा को२३प ५९३१ नम्बरको मोटरसाइकलमा सवार सुनवर्षीकै निरज खड्का र आकाश रायमाझीको पनि संलग्नता पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई कछुवासहित सव डिभिजन वन कार्यालय आमतोला रङ्गेलीमा बुझाइएको प्रहरी नायव उपरिक्षक राईले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस