एसईई: मूल्यांकन कार्यविधि बन्यो, विद्यालयले असारभित्रै बोर्डलाई नतिजा पठाउनुपर्ने

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्यांकन कार्यविधि, २०७८ तयार गरेको छ । सरकारले आन्तरीक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णयसँगै बोर्डले यस्तो कार्यविधि बनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा २० असारभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र परीक्षा बोर्डमा पठाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

‘कार्यविधि पोहोरको भन्दा केही फेरिएर आएको छ,‘ उनले भने, ‘तर, यसवर्ष पनि विद्यार्थी मूल्यांकनको मुख्य अधिकार भने विषय शिक्षकलाई नै दिइएको छ ।‘

यस कार्यविधिमा भएका थप विवरण भने भोलि अर्थात सोमबार आफ्नो वेबसाइटमा ‘अपलोड‘ गरिने जानकारी उनले मधेश लाईभलाई दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस