अनियमितता भएको भन्दै युवाहरुले थाले ‘भण्डाफोर अभियान’

राजविराज, ४ असार । नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकाका युवाहरुले भण्डाफोर अभियान थालेको छ । आज नगरपालिकास्थित महाबिर विद्यालयमा आयोजना गरिएको कार्यक्रमका बीच युवाहरुले अभियान सुरु गरेका हुन् ।

स्थानीय राहुल मण्डलको नेतृत्वमा सुरु गरिएको अभियान तहत नगरभरिका भएका बेथिती र अनियमितताहरु बाहिर ल्याउने जनाएको छ । ‘नगरपालिकाले गरेको कार्यहरुमा व्याप्त अनियमितता भएको छ, यसलाई सुधार गरेर अघि बढ्न हामीले पटक पटक मेयरसहितका जनप्रतिनिधिहरुलाई आग्रह गरे तर कसैले वास्ता गरेन’ राजेश्वर ठाकुरले भने–‘बाध्य भएर हामीले भण्डाफोर अभियान नै थाल्नु परेको छ, केही दिनमै हामीले देखेका अनियमितता सर्वसाधारण जनताले देख्नेछन् ।’

अभियान जुट्न स्थानीय युवाहरुलाई उनले आग्रह पनि गरे । अभियान तहत नै लथालिङ देखिएका योजनाहरुको छानवीन र पछिल्लो ४ वर्षमा नगरपालिकाबाट भएका कार्यहरु विवरण सार्वजनिक हुनुपर्ने माग समेत गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस