बाढी प्रभावितलाई उद्धार गर्न पूर्व तयारीमा जुटन मन्त्री यादवको निर्देशन

जनकपुरधाम, ५ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बाढी र डुवानबाट प्रभावितहरुलाई समयमै उद्धार र सुरक्षित बसाईको व्यवस्थापनकालागि पूर्व तयारीमा जुटन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

सर्लाहीको बागमतीमा आज आयोजना गरिएको ‘प्रदेश स्तरीय जल उत्पन्न प्रकोप संयुक्त उद्धार अभ्यास’मा उनले यस्तो निर्देशन दिएका हुन् ।

‘बर्षायाममा प्रदेशका सबै जिल्लामा बाढी र डुबानको समस्या हुने भएकाले प्रभावितहरुको उद्धार र सुरक्षित बसाईको व्यवस्थापनका लागि तयार भएर बस्नुस्’ उनले भने–‘उद्धारमा आवश्यक पर्ने सबै समाग्रीहरु प्रदेशले उपलब्ध गराउने छ र उच्चस्तरीय तालिकाका लागि बंगलादेश पठाउने तयारी पनि छ ।’

मन्त्री यादवले बाढी र डुवानको जोखिम रहेका स्थानहरुमा बसोवास गरिरहेकाहरुलाई सतर्क भएर बस्न आग्रह पनि गरे । कार्यक्रममा आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस