पूर्वका केही स्थानमा भारी वर्षा हुने सम्भावना

जनकपुरधाम । मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ तथा बागमतीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने तथा प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका केही स्थानमा भने अति भारी वर्षा हुन सक्ने छ ।

ती क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा गेग्रान बहाव हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको तथा दक्षिणी भू-भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ । अहिले देशभर बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, प्रदेश २ तथा बागमतीलगायत प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ भने प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका केही स्थानमा भने अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै मंगलबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

Author:



क्याटोगरी छान्‍नुहोस