जसपा अध्यक्ष ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गरिँदै

जनकपुरधाम, ६ असार । हस्ताक्षर दुरुपयोग गरेको भन्दै जनता समाजवादी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष विरुद्ध किर्ते जालसाजी मुद्दा दर्ता गरिने भएको छ । जसपाकै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकट कानून व्यवसायीले ठाकुर पक्ष विरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका हुन् ।

ठाकुरले अल्मतमा परेर अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भट्टराई–यादव पक्षका कानून व्यवसायीको दावी छ । ‘अर्काे प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुप्रयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ’ संघीय कानून व्यवसायी संघका अध्यक्ष अधिवक्ता दिपक राईले भने–‘कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ ।’

उनले यस्तो कसुर चाहिँ दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ र यही अनुसार नै दर्ता गर्न लागेका बताए । जसमा महन्थ ठाकुरलाई विपक्षी बनाउने अधिवक्ता राईले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस