सप्तकोशीमा पुनः बढ्यो संक्रमण दर, लकडाउन गर्ने तयारी

राजविराज, २१ असार । सप्तरीको सप्तकोशी नगरपालिकामा कोरोना भाइरसको संक्रमण दर पुनः बढेको छ । दुई दिनअघि मात्रै २७ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सो नगरपालिकामा पुनःसंक्रमण दर बढेसँगै नियन्त्रण गर्न स्थानीय तहसँग समन्वय गरी अघि बढेको उनले बताए । उता, नगर प्रमुख उत्तम कुमार गौतमले अहिलेसम्म सक्रिय संक्रमितको संख्या ३५ जना पुगिसकेको बताए । ‘संक्रमण नियन्त्रण गर्न हामीले कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण कार्य अघि बढाएका छौं’ उनले भने–‘तर केही व्यक्तिहरुले परीक्षण गराउन नमानिरहेकाले समस्या भइरहेको छ ।’

यी सबै कुरालाई मध्य नजर गर्दै आज (सोमवार) बैठक बसेर संक्रमण देखिएका वडालाई सिल गर्ने र गाउँपालिकामा लकडाउन गर्ने तयारी तयारी थालेको उनले बताए । ‘अहिले सबैभन्दा बढी संक्रमण वडा नम्बर १ मा पर्ने फत्तेपुर, रक्तमाला र सिबालय टोलमा देखिएको छ, संक्रमण नियन्त्रण गर्न सो वडालाई सिल गरेर परीक्षणको दायरा बढाउने हाम्रो तयारी छ’ उनले भने–‘र नगरवासीलाई पनि संक्रमण जोगाउन नगर क्षेत्रभर नै केही साताका लागि लकडाउन गर्न हामी बैठक बस्न लागेका हौं ।’

नगर प्रमुख गौतमका अनुसार नगरमा उप–नगर प्रमुखसहित हालसम्म संक्रमणबाट ११ जनाको निधन भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780