सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

राजविराज, ३१ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो साँझ स ४ प ९५४ नम्बरको मोटरसाइकलले स्थानीय ७५ वर्षीय सरयोग रायलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधव प्रसदा काफ्लेले बताए ।

मोटरसाइकल चालक सोही ठाउँका २१ वर्षीय रघुनन्दन रायलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस