प्रदेश २ लोक सेवाद्वारा कर्मचारी पदपूर्ति गर्न विज्ञापन (सूचनासहित)

जनकपुर, ३१ असार । प्रदेश २ लोक सेवा आयोगले अधिकृतस्तर (प्राविधिक/अप्राविधिक)को खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको छ । प्रदेश निजामती सेवा ऐन २०७७ अनुसार प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको हो ।

अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक/अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक/अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरिएको छ ।

यसैगरी खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरिएको छ ।

यस्तै खुला प्रतिस्पर्धामार्फत पूति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरिएको छ । दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म रहेको छ ।

हेर्नुहोस् सूचनाः

vacancy-P2-2078.03.30
Author:



क्याटोगरी छान्‍नुहोस