छोरा बनाएर नागरिकता लिन आएका ससुरा र ज्वाइँ पक्राउ

राजविराज । सप्तरीमा वडाध्यक्षको किर्ते हस्ताक्षर गरी बिहिवार नागरिकता बनाउन आएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज–१५ देउरी भरुवाका देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव छन् ।

नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । उनका अनुसार शिबनन्दन भारतीय नागरिक रहेको र सो बारे थप अनुसन्धान भइरहेको छ ।

देबनले शिबनन्दनलाई आफ्नो छोरा भएको भन्दै वडा कार्यालयबाट सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासकीय अधिकृतलाई शंका लागेर वडा अध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएका थिए । सो बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस