प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

जनकपुरधाम, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा ठाकुरले यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन र जसपाले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्न आग्रह गरेको नेता डा.सुरेन्द्र झाले जानकारी दिए ।

जसपाको ठाकुर पक्षले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा नागरिकताको विषयलाई फेरि सम्बोधन गर्नु पर्ने जनाएको छ । प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएकाले माग सम्बोधन हुने उसको अपेक्षा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780