जसपा आधिकारिकता विवाद मुद्दामा सुनुवाइ जारी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ निर्वाचन आयोगको इजलासमा जारी छ ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार बिहान ११ बजदेखि जारी आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको छ । आजै बहस सक्ने गरी तयारी रहेको उनले बताए ।

दुवै पक्षका तीन–तीन जना कानुन व्यवसायीबाट बहस गर्ने र अरु अधिवक्ताले केही भन्न चाहे बहस नोट लेखेर दिन सक्ने आयोगले जनाएको छ । पार्टीको आधिकारिकता दाबी गर्दै जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस