मधेशीको अधिकार सुनिश्चित गर्न सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मधेशीको अधिकार सुनिश्चित गर्न सभापतिमा उम्मेदवारी दिने बताएका छन् । बिहीबार महोत्तरीको जलेश्वरस्थित पार्टी कार्यालयको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निधिले मधेशीको अधिकार सुनिश्चित गराउन सभापतिमा उम्मेदवारी दिने जिकिर गरे ।

पार्टीको १४ औँ महाधिवेशन तोकिएकै समयमै हुने भन्दै उनले आफूलाई मतदान गर्न नेता एवम् कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै पार्टीको नेतृत्व युवाले गर्नुपर्ने उनले धारणा राखे ।

आफू कांग्रेस परिर्वतनको पक्षपात रहेको भन्दै उनले कांग्रेसले नै मधेशीको अधिकार सुनिश्चित गर्ने उनको भनाइ छ । मधेसी दलसँगै कम्युनिस्ट पार्टीले पनि मधेसी जनतालाई ठगेको उनको दाबी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस