सप्तरीमा दलित युथ फोर्स गठन, कमाण्डरमा मण्डल

सप्तरी । ‘राष्ट्रिय दलित मुक्ति जागरण अभियान’ को नगर सम्मेलनबाट ‘दलित जागरण युवा दस्ता’ गठन भएको छ । खडक नगरपालिकामा आयोजना गरिएको नगर अधिवेशनबाट नगरको कमाण्डरमा राजकुमार मण्डललाई सर्वसम्मतबाट चयन गरिएको छ ।

नगर स्तरीय दलित युथ फोर्सको २६ सदस्यीय मूल कमिटीमा ११ वटै वडाका वडा कमाण्डरहरु रहने छन् भने वडास्तरमा वडा कमाण्डरको नेतृत्वमा छुट्टै कमिटी रहने जागरण अभियानका नगर सचिव चन्द्रनारायण रामले जानकारी दिए । उनका अनुसार युथ फोर्सले समाजिक संजालको दुनियाँमा हरेक ढंगले सु–सुजित गराउनेछन् ।

दुई दिनसम्म चलेको बन्द सत्रबाट गंगा सदाको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन भएको अभियानका जिल्ला संयोजक प्रथमलाल रामले जानकारी दिए । कार्यक्रम अभियानका पूर्वी संयोजक राजेश विद्रोहीको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस