बलान नदी नियन्त्रण गर्न ठोस योजना ल्याइने : निधि

राजविराज, ९ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बलान नदी नियन्त्रणकालागि ठोस योजना ल्याइने प्रतिवद्धता जनाएका छन् । आज सप्तरीको बलान विहुल गाउँपालिकास्थित बलान नदीको कटान क्षेत्रलाई स्थगल अवलोकन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

वर्षौदेखि बलान नदीको बाढीले सर्वसाधारणलाई पिरोलिदै आएको समस्याबारे जानकारी लिँदै उपसभापति निधिले नदी नियन्त्रण गर्न ठोस योजनामा कार्य हुने बताए ।

अवलोकन टोलीमा सहभागी रहेका प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री राम सरोज यादवलाई निधिले बलान नदी नियन्त्रणतर्फ ध्यान पुर्याएर अघि बढ्न आग्रह पनि गरे ।

मन्त्री यादवले पनि यसपालि नदीबाट हुँदै आएको समस्या समाधान भइसक्ने बताए । टोलीमा प्रदेश सांसद अनिस अन्सारी, सिचाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख राम कुमार खंग, कांग्रेस सप्तरी क्षेत्र ४ (क) सभापति किरण भगत, (ख)का सभापति जितेन्द्र कुमार यादव, स्थानीय नेता केशर राज गुप्ता लगायतको सहभागी थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस