प्रदेश १ मा एकैदिन १ हजार ९१ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

बिराटनगर । प्रदेश १ मा थप १ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा प्रदेश १ मा थप १ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट प्रदेश १ मा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस