हात्तीको दारासहित तीन जना पक्राउ

जनकपुरधाम । बाराको जितपुर सिमरा–२२ स्थित पुर्व पश्चिम लोकमार्गबाट हात्तीको दारासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको निजगढ–११ का ३४ वर्षीय सुर्य प्रसाद तामाङ, सोही वडा रतनपुरका ३५ वर्षीय दिल बहादुर घलान र मकवानपुरको हेटौंडा–१३ पदमपोखरीका ३५ वर्षीया सुवास तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना. ५० प. १२२७ मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा हात्तीको दारा बरामद भएको हो ।

मोटरसाइकलको पछाडी सवार सुर्य प्रसादले बोकेको बोराबाट ३ फिट ८ ईन्च लामो र १ फिट गोलाईको ८ किलो ४४० ग्रामको हात्तीको दारा फेला परेको छ । बरामद गरिएको हात्तीको दारा आवश्यक कारबाहीको लागि पर्सा राष्टिय निकुञ्ज कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस