नौ दिने शिशुसहित डुबेर मृत्यु भएको अवस्थामा तीन जना शव फेला

file photo

सर्लाही, १३ साउन । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा तीन जना शव फेला परेको छ । मृत्यु हुनेमा नौ दिनको शिशु पनि रहेको छ ।

सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले बताए । उनका अनुसार गए राति घरबाट निस्किेकी रिकेवादेवीको मानसिक सन्तुलन ठिक थिएन ।

घरबाट बच्चासहित निस्किेकी श्रीमतीको खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर पुगेको छैन् । उता,सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले सञ्जीवसँग सम्पर्क गर्ने कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस