नयाँ पार्टी खोल्न कानुन व्यावसायीसँग परामर्शमा ठाकुर

जनकपुरधाम । निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो लागेका छन्। उनीहरूले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका थिए। यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताकोलागि निवेदन दिएका छन्।

स्रोतका अनुसार, ठाकुर र महतोको चाहना पूरानो राजपा ब्युझाउँने हो तर उपेन्द्र यादवनिकट नेता हरिनारायण यादवले राजपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। यादवले आयोगमा निवेदन दिएको दुई दिनपछि मात्र ठाकुरनिकट एक नेताले राजपा दर्ताको लागि आयोगमा निवेदन दिएका थिए।

पुरानो राजपा नाम पाउने सम्भावना कति रहन्छ भन्ने विषयमा पनि ठाकुरले कानुन व्यवसायीसँग सल्लाह गरेको स्रोतले बतायो। ठाकुरनिकट एक नेताले भने, ‘सकेसम्म पुरानो राजपा ब्युझाउँने प्रयास रहन्छ। त्यो नभए लोकतान्त्रिक समाजवादी पार्टी नाम गरेको पार्टी खोल्ने सम्भावना पनि छ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780