जसपाले संसदीय दलको नेता शनिवार चयन गर्ने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता साउन १६ गते शनिबार चयन गर्ने भएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयन गर्नका शनिबार चुनाव गर्ने निर्णय गरेको हो ।

यद्यपि सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास गरिने नेताहरुले बताएका छन् । मंगलबारदेखि चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्यविभाजन गरेको छ ।

जस अनुसार नवराज सुवेदीलाई पार्टीभित्र पर्ने उजुरी छानविन गर्ने समितिको संयोजक बनाइएको छ । यस्तै नरसिंह चौधरीलाई लक्ष्मणलाल कर्णको ठाउँमा अनुशासन समितिको संयोजक बनाइएको छ । कर्ण महन्थ ठाकुर पक्षमा लागेपछि उनको ठाउँमा संयोजकको जिम्मेवारी चौधरीलाई दिइएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस