जनकपुरधाम । पाँच दिनदेखि वेपत्ता रहेका धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० बरमझियाकी छ वर्षीया बालिकाको शव फेला परेको छ । गत सोमबारदेखि वेपत्ता रहेकी स्थानीय वीरेन्द्र यादवकी छोरी प्रिती शव शुक्रबार बिहान इनारमा भेटिएको हो ।
घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा बालिका सोमबार बेपत्ता भएकी बालिकाको शव घरदेखि ५ सय मिटरको दूरीमा रहेको इनारमा कुहिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।