ठेकेदारको ढिलासुस्तीले राजविराज बसपार्क निर्माण कार्य ओझेल

राजविराज, १५ साउन । चौथो पटक शिलान्यास भएपछि निर्माण सुरु भएको राजविराज बसपार्क फेरी उदासिनताको सिकार बनेको छ । तीस वर्षमा पटक–पटक शिलान्यास भए पनि निर्माणको काम भने ओझेलमा पर्दै आएको थियो ।

स्थानीय जग्गाधनीको अवरोधका कारण पटक–पटक प्रयास गर्दा पनि बसपार्क निर्माणमा समस्या हुँदै आएकोमा अहिले ठेकेदारको ढिलाइका कारण फेरी निर्माण कार्य ओझेलमा परेको हो ।

०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलोपटक बसपार्कको शिलान्यास गरेका थिए । त्यसपछि ०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वली, ०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र ०७४ मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले संयुक्त रूपमा बसपार्कको शिलान्यास गरेका हुन् ।

सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५१९ रुँपैयामा काम गर्ने ठेक्का पाएको काठमाडौंको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालीले बस पार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०७७ साल पुस १८ गते भित्र बस पार्क निर्माण गरिसक्नु पर्ने थियो । तर, निर्माण कम्पनीले म्याद सकाएर पनि ७० प्रतिशत काम मात्रै काम गर्न सकेको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख सुरेन्द्र कुमार साहले निर्माण कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयसिमाभित्र बसपार्क निर्माण हुन नसकेको बताए । ‘ठेकेदारको ढिलासुस्तीले नै समयमा बसपार्क निर्माण गर्न सकिएन’ उनले भने–‘केही चैं कोरोनाले पनि काम प्रभावित भएकै हो ।’

उनले बसपार्क निर्माण गर्न म्याद थपको प्रयास भइरहेको बताए । ‘छ महिना म्याद थप गराउन हामी प्रयासरत छौं, यद्यपी अझैं म्याद थप भइसकेको छैन्’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780