विराटनगरबाट विचौलियाको आरोपमा दुई पक्राउ

विराटनगर । मोरङको विराटनगरमा विचौलियाको काम गरिरहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–७ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्द कुमार साह छन् ।

विराटनगरको विभिन्न अस्पतालमा उपचार गराउन आएका विरामी तथा आफन्तहरुलाई आफ्नो सम्पर्कमा रहेको अस्पताल तथा क्लिनिकमा उपाचार गराउन प्रेरित गरिरहेको उनीहरुमाथि आरोप छ । ‘अस्पतालमा कोरोना वढि छ’, डाक्टर राम्रो छैन र उपचार पनि राम्रो हुँदैन’ भन्दै अफवाह फैलाएर उनीहरुले विचौलीयाको कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

उनीहरुका कारण सर्वसाधारणलाई दुःख खेप्नु परेकोेले उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780