नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ

विराटनगर । सुनसरी प्रहरीले नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यका अररिया जिल्लाको रामनगरका ४० वर्षीय नवलकिशोर पाल र ३२ वर्षीय सुमन पाल छन् ।

विआर ५० एस ८४०६ नम्वरको मोटरसाइकलमा सवार उनीहरुलाई जिल्लाको देवानंगज गाउँपालिका–२ मध्यहर्षाही पेट्रोल पम्पस्थित चेकजाँचको क्रममा पक्राउ गरिएको छ । उनीहरुको साथबाट एक सय दरका १६ थान नेपाली नक्कली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरुमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस