कक्षा १० को परीक्षा लिन छापिएको करोडौंको प्रश्नपत्र अलपत्र

जनकपुरधाम । कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौं रुपैयाँको प्रश्नपत्र प्रयोगविहीन (अलपत्र) परेको छ । कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको हो ।

जनक शिक्षा सामग्री केन्द्रले प्रतिगोटा ३ रुपैयाँ ८५ पैसामा ५० लाख ७० हजार वटा प्रश्नपत्र छापेको थियो । उक्त प्रश्नपत्र छपाइपछि प्याकिङ सहितको २ करोड २० लाख रुपैयाँ सामग्री केन्द्रलाई भुक्तानी भइसकेको छ ।

प्रश्नपत्र छापेर प्याकिङ सहितको रकम भुक्तानी भइसकेपछि तत्कालिन केपी शर्माओली सरकारले कोरोना महामारीलाई देखाउँदै कक्षा १० को परीक्षा रद्द गरेको थियो । ओली नेतृत्वको मन्त्रिपरिषद्ले परीक्षा रद्द गर्दै विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि करोडौं रुपैयाँको प्रश्नपत्र अलपत्र परेको हो । महालेखा परीक्षकको कार्यालयले निकालेको ५८ औं प्रतिवेदनका अनुसार राष्ट्रिय परिक्षा बोर्डले ती प्रश्नपत्र अहिलेसम्म पनि धुल्याएको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस