सोमबार २२ सय संक्रमित थपिए, १६ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा २२ सय ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार २३३ वटा नमूना (पीसीआर ११,८९२ र एन्टीजेन ४,३४१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ जनाको मृत्यु भएको छ भने १८ सय ०८ जना निको भएका छन् ।

गत २४ घण्टामा ५ लाख ९७ हजार ५९८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

हालसम्म मुलुकमा ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७३० जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म आईसीयूमा ५६८ जना, भेन्टिलेटरमा १६० जना, होम आइसोलेशनमा ३३,३३३ जना, संस्थागत आइसोलेशनमा २,५४१ र क्वारेन्टाइनमा ३३८ जना रहेको तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780