बाराबाट पेस्तोल सहित दुई युवक पक्राउ

जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिका–६ मा एक होटलबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिम्रौनगढ–४ घर भएका ३५ वर्षीय राजेश प्रसाद यादब र २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा छन् ।

उनीहरुको साथबाट एउटा अमेरिकन पेस्तोल र दुईथान म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले बताए । प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मंगलबार ‘मेडइन युएसए–७७७७०’ नम्बर लेखिएको पेस्तोल बरामद गरेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस