बालिकालाई जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

उदयपुर, १५ भदौ । उदयपुरमा दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

दुई अलग अलग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका– २ लेखगाउँका ३२ वर्षीय राकेश राई र त्रियुगा नगरपालिका– १२ सोनापुरका ४० वर्षीय आनन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

राईलाई ताप्ली गाउँपालिका– २ लेखगाउँकै १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको हो । त्यसैगरी चौधरीले पनि १४ वर्षकै अर्की बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

दुबै अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस