२४ घण्टामा १ हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

जनकपुरधाम, १५ भदौ । नेपालमा थप हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा १ हजार ७८६ जना निको भएर घर फर्किएका छन् । योसँँगै हालसम्म ७ लाख १६ हजार ३०६ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ भने हाल सक्रिय संक्रमित ३५ हजार ५९१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७५० जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६२.३ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस