विद्यार्थीमाँझ ब्राण्ड बन्दै मेरिल्याण्ड कलेज

बिराटनगर । शिक्षाको गुणस्तर आजको आवश्यकता । त्यही आवश्यकतालाई केन्द्रमा राखेर अघि बढिरहेको छ, मेरिल्याण्ड कलेज शैक्षिक क्षेत्रमा मेरिल्याण्ड एक ब्राण्ड नै हो भन्दा फरक पर्दैन । बिराटनगरको रंगेलीमा रहेर बिश्वको शैक्षिक परिवर्तनलाई नियाल्दै क्षमतावान जनशक्ति उत्पादन गरिरहेको छ, मेरिल्याण्ड कलेज ।

उत्कृष्टता, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाउन सफल यो कलेज हरेक अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाई बन्न सफल भएको छ ।

प्लस टु कलेजहरुको भिडमा आप्mनो छुट्टै ब्राण्ड बनाउन सफल यस कलेजले प्रयोगात्मक र समय सापेक्ष शिक्षामा जोड दिँदै आएको छ । कोरोना कहरसँगै पछिल्लो समय यस कलेजले अनलाइन अध्ययन अध्यापन पद्धतीलाई पहिलो प्राथमिकतामा राखेको छ ।

व्यवहारिक र जीवनउपयोगी ज्ञानलाई प्राथमिकतामा राखेको यस कलेजले विद्यार्थीको सोच, चाहना, क्षमता र लक्ष्य अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको छ । नेपालको शैक्षिक जगतमा थुप्रै नविनतम प्रयोगहरु भित्र्याएको यस कलेजले उत्कृष्ट शिक्षा मात्रै प्रदान गरेको छैन विद्यार्थीको व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिएको छ ।

विराटनगरमा २०५९ सालमा स्थापना भएको उक्त कलेज हाल २० औं वर्षमा प्रवेश गरेको छ । व्यवस्थापन पढाइ हुने एक मात्र कलेज मेरिल्याण्ड कलेज नेपालमै सँधै टप १० मा पर्न सफल छ । २०७५ सालमा मेरिल्याण्ड कलेजका छात्राद्वय पूजा शाह र निशा पोखरेलले समान ३.९२ जिपिए अर्थात् नेपालमै सबैभन्दा बढी नम्बर ल्याउन सफल भएका थिए ।

‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौं बाहिरका २ कलेजमध्येमा पर्दछ,’ कलेजका प्राचार्य लक्ष्मण ढकालले भने, ‘दक्ष, अनुभवि र सँधै माया र हौसला दिने शिक्षकहरु रहनु पनि यो कलेजको सफलता हो ।’

कहिले पनि मेरिल्याण्डबाट पास भएका विद्यार्थीहरु देश विदेशमा नाम राख्न सफल छन् । कलेजले विद्यार्थीलाई नियमित मूल्यांकन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तीको पनि व्यवस्था छ । पूर्व मेचीदेखि जनकपुर, सिरहा, सप्तरीका विद्यार्थीको रोजाई नै मेरिल्याण्ड बनेको प्राचार्य ढकाल बताउँछन् । ‘मेरिल्याण्ड कलेजले विद्यार्थीलाई महत्व दिने कुराले म अत्यन्त प्रभावित छु,’ जनकपुरबाट अध्ययनका लागि मेरिल्याण्ड आएकी आयुषा साहले भनिन् । त्यस्तै धनकुटाका अभिभावक किशोर राईले आफ्नो छोरीले स्कुलभन्दा राम्रो पढेको भन्दै खुसी व्यक्त गरे ।

केही दिन अगाडि एक मिडिया हाउसको अध्ययनले मेरिल्याण्ड कलेज देरभरकै वेष्ट १० प्लस टु को सूचिमा परेको थियो । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता केन्द्रविन्दु नामक सञ्चार माध्यमले गरेको अध्ययन र अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा मेरिल्याण्ड उत्कृष्ट १० भित्र समेटिएको हो । ‘हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो ‘प्लस टु’ बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट,’ अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थितिलगायत मापदण्डका आधारमा राम्रा ‘प्लस टु’ छनोट गरिएको हो,’ उक्त सञ्चार माध्यमले भनेको छ । सो संचारमाध्यामका अनुसार काठमाडौं बाहिरको विराटनगरको मेरिल्याण्ड कलेज नवौं स्थानमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस